नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक


 


काठमाडौं, चैत ३० । नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ ।

कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको हो । यस अनुसार रु। १८ मा १ दिनसम्म सबै नेटवर्कमा कल गर्न सकिने ९अल नेट० २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ भने रु। ३५ मा २ घण्टासम्म प्रयोग गर्न सकिने उपलब्ध छ ।

यी वाहेक विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध छन् । नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ ।

३५ दिनसम्म जुनसुकै समय र जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक रु। ५९९ मा उपलब्ध हुनेछ । नयाँ डाटा प्याकेज अन्तर्गत रु। २४ मा एक घण्टा भ्वाइस र डाटा प्याक उपलब्ध हुनेछ ।

सो प्याकेज खरिद गरेमा एक घण्टासम्म कम्पनीकै नेटवर्कमा ९अन नेट० अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ । त्यसैगरी २० रुपैयाँमा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र ८० रुपैयाँमा ३ दिन सम्म चलाउन सकिने तथा १०९ रुपैयाँमा ७ दिन सम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।

यी वाहेक ३९९ रुपैयाँमा २८ दिन सम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरु परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको छ ।

जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरुलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको छ ।

यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्