यस्तो भयो भोजपुर विमानस्थल, यसरी अायो जहाज (भिडियो सहित)


 


SAM_5825भाेजपुर, असार १६

बन्द भएको झण्डै सात महिनापछि भोजपुरमा हवाइ उडान शुरु भएको छ । मंगलबार विमानस्थलमा परीक्षण हवाई उडान भएको हो । मंगलबार तारा एयरको जहाजले पSAM_5822रीक्षण उडान गरेको थियो ।

विमानस्थलको स्तरोन्नती हुन थालेपछि गत मंसीर ९ गतेबाट भोजपुरमा हवाई उडान बन्द भएको थियो । भोजपुर विमानस्थलको कालोपत्रेको काम बर्खामा नहुने भएपछि उडान शुरुSAM_5826 भएको हो ।

विमानस्थल सुधारको कालोपत्रे बाहेक अन्य काम सकिएको निर्माण आयोजनाले जनाएको छ । कालोपत्रे बाहेक विमानस्थलको सबै काम सकिएकोले परीक्षण उडान गरिएको नागरिक उडड्यन प्राधिकरण भोजपुरका प्रमुख शोमेस थापाले बताए ।

भोजपुर विमानस्थलको स्तरोन्नती काSAM_5810लिका र प्यासिफिक संयुक्त निर्माण कम्पनीले पाँच करोड रुपैयाँमा ठेक्काको जिम्मा लिएका हुन् । भोजपुर विमानस्थलको पाँच सय ४५ मिटर लम्बाई र २० मिटर चौडाई स्तरोन्नती भएको छ ।

यस अघि विमानस्थलको लम्बाई पाँच सय ३४ मिटर र चौडाई ३० मिटर थियो । ११ मिटर लम्बाई बढाएर विमानस्थलको धावनमार्ग स्तरोन्नती भएको हो । चिप्स, अलकत्र लगायतका आवश्यक सामाग्री ढुवानी हुन नसक्दा हिउँदSAM_5823याममा मात्रै भोजपुर विमानस्थलको कालोपत्रेको काम हुने साइड इन्जिनियर दिनबन्धु काफ्लेले बताए ।

बर्खाले सडक विग्रदा सामान ढुवानी गर्न समस्या भएको निर्माण कम्पनीले जनाएको छ । भोजपुरमा २०३१ सालबाट हवाई उडान शुरु भएको हो । यहाँ नेपाल बायुसेवा र तारा एयरको जहाजले उडान गर्दे आएका छन् ।

यसरी अाएको थियो भोजपुरमा जहाज भिडियो हेर्नुहोस् ।

प्रकाशित मिति: १६ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्