सचिव–सहसचिव सरूवामा नयाँ व्यवस्था, हुन्छ त कार्यान्वयन ?


 


काठमाडौं, असार ८
सरकारका सचिव र सहचिवलाई सरुवा गर्न नयाँ व्यवस्था लागू गर्न लागिएको छ । एक वर्ष नपुगी अर्को मन्त्रालय वा निकायमा सरुवा गर्न नपाइने गरी कानून बन्ने भएको हो । कान्तिपुरमा खबर छ ।

मन्त्री र सचिवबीच मनमुटाव भएलगत्तै वा मन्त्रीले भनेअनुसार काम गर्न असमर्थता जनाउनेबित्तिकै हटाउने प्रचलनलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागिएको बुझिएको छ ।

अनुसार संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तहरुको व्यवस्था बनाइएको विधेयकको सरुवा र काज परिच्छेदको (५) मा राजपत्रांकित विशिष्ट र राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीलाई कम्तीमा एक वर्ष नपुगी सरुवा नगरिने प्रस्ताव छ ।

यद्यपि, अहिलेकै अवस्थामा सहसचिवलाई दुई वर्ष पुगेपछि मात्र सरुवा गरिने व्यवस्था भए पनि कार्यान्वयन भने हुन सकेको छैन ।

प्रकाशित मिति: ८ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्