खशी बोकाको परीक्षण गरिने, यसरी थाहा हुनेछ स्वस्थ र अस्वस्थ


 


काठमाडौं, असोज ६
सरकारले काठमाडौंलगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ।

नेपालीहरूको महान् चाड दशैं नजिकिँदै गएपछि काठमाडौं महानगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशु–पक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको जनाएको छ। नेपाल समाचारपत्रमा खबर छ ।

महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी, बोका, राँगा, भैंसीको सिङमा दुई प्रकारका रंग लगाउने भएको छ।

महानगरपालिकाले हरियो चिह्न लगाए स्वस्थ र रातो चिह्न लगाए अस्वस्थ हुने भएकाले सोहीअनुरूप खसी, बोका खरिद गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

कामपाले मासु खाने प्रयोजनका लागि ल्याइएको चौपायाको दशैंबाहेक अरू कुनै पनि समयमा स्वाथ्य परीक्षण गर्ने गरेको छैन।

प्रकाशित मिति: ६ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्