तीन महिनालाई सेप ब्ल्याटर यसरी निलम्बनमा परे


 


blatter_3एजेन्सी, असोज २१

फुटबलको सर्वोच्च प्रशाशनिक निकाय फिफाका अध्यक्ष सेप ब्ल्याटरलाई नब्बे दिनका लागि अस्थायी निलम्बन गरिएको छ। स्वीस महान्यायाधिवक्ताले ब्ल्याटर विरुद्ध अपराधिक जाँच शुरु गरेपछि फिफाको आचार समितिले निलम्बन सिफारिश गरेको हो।

उनलाई फिफाको हित नहुने किसिमको संझौता गरेको र युरोपेली फुटबलका अध्यक्ष मिकेल प्लाटिनिलाई अनावश्यक रुपमा रकम फर्स्यौट गरेको आरोप लगाइएको छ। ब्ल्याटरले कुनै पनि खराब काम नगरेको बताएका छन् र उनका वकिलहरुले उनी विरुद्धको कारवाहीको कुनै जानकारी नआएको बताएका छन्।

फिफाको आचार समितिले निलम्बनको अनुरोध गरेको थियो। ब्ल्याटरका सल्लाहकार क्लाउस स्टोलकरले भनेका छन् फिफा अध्यक्षलाई निलम्बनको समाचार भन्दा उनी शान्त रहे।

तर उनका कानुनी प्रतिनिधिहरुले उनलाई कुनै सूचना दिइएको अस्वीकार गरे। उनीहरुले भने- आचार समितिले कुनै निर्णय लिनु अघि प्रमाणहरुको सहि समीक्षा र उनीसँग कुराकानी गर्ने अपेक्षा राख्छौं।

बुधबार जर्मन म्यागेजिनलाई ब्ल्याटरले भनेका थिए ‘खराब आचरणको कुनै प्रमाणबिना भर्त्सना गरिएको छ’।ब्ल्याटर विरुद्धको अनुसन्धान फिफा र उत्तर, मध्य अमेरिका तथा क्यारिबियनको फुटबलको प्रशाशनिक निकायका पूर्व अध्यक्ष ज्याक वार्नरबीच सन २००५ मा भएको टेलिभिजन प्रसारण सम्बन्धी अधिकारमा केन्द्रित छ।

र अर्कोचाहिँ रकम फर्स्यौटबारे छ। ब्ल्याटरका उत्तराधिकारी हुन खोजिरहेका युरोपियन फुटबल प्रमुख प्ल्याटीनले भनेका छन् उनलाई दिइएको रकम जायज थियो।

आचार समितिको बैठक सोमबारदेखि जुरिखमा भइरहेको छ र प्लाटीनीबारे निर्णय लिन अझ बाँकी छ । उसले ब्ल्याटरका लागि काम गरिदिए बापत प्ल्याटिनिलाई दिइएको बीस लाख स्वीस फ्र्यांकबारे अनुसन्धान गरिरहेको छ।

फेन्च नागरिक प्ल्याटिनिले अपराधिक अनुसन्धानका लागि सूचना उपलब्ध गराएका छन् तर उनले साक्षीका रुपमा त्यसो गरेको बताएका छन्। फुटबलको सर्वोच्च प्रशाशनिक निकाय फिफाको भ्रष्टाचार अनुसन्धान गरिरहेका स्वीस अभियोजनकर्ताहरुका अनुसार प्ल्याटिनिलाई साक्षी र आरोपीको बीचको व्यवहार गरिएको छ।

संस्थामा व्यापक भ्रष्टाचार व्याप्त रहेको आरोपबीच ब्ल्याटरले पाँचौ कार्यकालका लागि गत मे २९ भएको भएको चुनाव जितेका थिए। तर लगत्तै जुन २ तारिख बाहिरिने घोषणा गरेका थिए। आगामी २६ फेब्रुअरीमा फिफाको असाधारण कंग्रेस समक्ष उनको कार्यकाल टुंग्याउने योजना छ।

प्रकाशित मिति: २१ आश्विन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्