वर्तमान नेतृत्वबाट पार्टी बलियो हुन सक्दैन : नेता रिजाल


 


झापा, कात्तिक २८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले कांगे्रसको वर्तमान नेतृत्वबाट पार्टी बलियो हुन नसक्ने जिकीर गर्नुभएको छ ।
कांग्रेसलाई अव वलियो वनाउन सभापति शेरवहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका पाका नेताहरुले नेतृत्व गर्न नहुने उहाँको भनाई थियो ।

नेपाल प्रेस यूनियन झापा माईपश्चिम क्षेत्रीय समितिले आज दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता रिजालले कांग्रेसमा देखिएको स्थायी गुटले पार्टीलाई कमजोर बनाउने बताउनुभयो । उहाँले महाधिबेशनमा पार्टी भित्र विभिन्न गुट सृजना देखिएपनि त्यसले स्थायी आकार पाउनु राम्रो नभएको धारणा राख्नुभएको थियो ।

गएको तीनै तहको निर्वाचनमा पार्टी खुम्चिनु लोकतन्त्रमा स्वाभाविक भएको भन्दै उहाँले यहि परिणाम सधै एकैनास नहुने भएकाले कांग्रेसका हरेक कार्यकर्ताहरुमा जिम्मेवारी वोध हुनुपर्ने औल्याउनुभयो । उहाँले कांग्रेसको घोषित महासमिति बैठक पार्टीहितका लागि भएको भन्दै त्यो कुनै हालतमा सर्न नहुने बताउनुभयो ।

प्रकाशित मिति: २९ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्