पुस भित्रमा नेकपाका सवै कमिटिको एकिकरण : नेता भट्टराई


 


सुनसरी, मंसिर २६

नेकपाका स्थायी कमिटि सदस्य योगेश भट्टराईले पुस महिना भित्रमा नेकपाका सवै कमिटिको एकिकरण भईसक्ने वताउनुभएको छ ।
नेकपा इटहरीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई आज सम्वोधन गर्दै नेता भट्टरार्ईले पुष महिना एकताको महिना हुने र माघदेखि पार्टी दौडने वताउनुभयो ।

उहाँले स्थायी कमिटि वैठक पछि चाडै जिल्ला कमिटिहरु वन्ने जनाउनुभयो । उहाँले एउटा स्टान्डर्ड मापदण्ड वनाएर एकिकरण गरिने पर्नेमा जोड दिनुभयो । नेता भट्टराईले नेपाल, कम्युनिष्ट आन्दोलनका लागि अत्यन्तै उर्वर भूमि रहेकोमा जोड दिनुभयो । कम्युनिष्ट पार्टीका नाममा चुनाववाटै यति धेरै मत ल्याएर विजयी भएको विश्वको कुनै देश नरहेको दावी गर्नुभयो । इतिहाँसले देशलाई ज्यादै ठूलो अवसर दिएको हुनाले सहि वाटो रोज्न नेतृत्वलाई आग्रह गरिएको वताउनुभयो ।

प्राप्त उपलब्धिलाई जोगाउनु अहिलेको आवश्यकता रहेको वताउदै उपलब्धिको ग्राफ ओरालो लाग्नु नहुनेमा जोड दिनुभयो । उहाँले पार्टी एकता भएको समयको मनोविज्ञानलाई कसैले भूल्न नहुने वताउनुभयो । उहाँले कम्युनिष्ट सरकारले अन्तराष्टिय सम्वन्धलाई सन्तुलनमा ल्याएको वताउनुभयो ।

चीन सँगभएको यातायात तथा पारवहन सम्झौता देशका लागि ऐृतिहासिक सम्झौता भएको वताउदै पार्टी एकिकरण प्रक्रिया ढिलो हुदाँ सरकारले गरेका राम्रा कामहरु ओझेलमा परेको जनाउनुभयो । उहाँले भन्नुभयो “समयमै वैठकहरु वसेका भए असन्तुष्ठिहरु पनि वाहिर आउने थिएनन ।” दुई अलग अलग स्कुलिङवाट आएका पार्टी एकिकरण हुन केहि समय लागेको वताउदै ढिलो भयो भनेर आत्तिहाल्नुपर्ने अवस्था नरहेको वताउनुभयो ।

कार्यक्रममा साविक नेकपा एमाले इटहरी नगरअध्यक्ष रेवती घिमिरेले मेचीकाली अभियानका वेला महेश्वर कार्कीले २०७३ फागुन २३ गते राजविराजमा खिचेको फोटो मायाको चिनो प्रदान गर्नुभयो ।

प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्