रवि ओड बने दोस्रो नेपाल आइडल


 


काठमाडौं, पुस ६

नेपालमा निकै लोकप्रिय गायन रियालिटी शोको दोस्रो संस्करण रवि ओडले जितेका छन् ।शुक्रबार सांझ पुल्चोक ईञ्जिनियरिंग कलेजको ग्राउण्डमा सम्पन्न ग्राण्ड फिनालेमा धनगढिका रवि दोस्रो नेपाल आइडल घोषित भए ।

दोस्रो नेपाल आइडलमा विक्रम बराल फस्ट रनर अप, दोस्रो रनर अप सुमित पाठक तथा अस्मिता अधिकारी थर्ड रनर अप बन्न सफल भएका छन् । नेपाल आइडलको ताजसंगै रविले होन्डा डब्लुआरबी कार र २२ लाख रुपिया नगदको पुरस्कार जितेका छन् ।

फस्ट रनर अप विक्रमले नगद २० लाख , सेकेण्ड रनर अप सुमितले १२ लाख र थर्ड रनर अप अस्मिताले होन्डाको सकुटी प्राप्त गरेका छन् ।शीर्ष ४ प्रतिस्पर्धी सबैले विश्व भ्रमणको अवसर पनि प्राप्त गर्नेछन् । हजारौं प्रतिस्पर्धीहरुबाट चुनिएर नेपाल आइडल सिजन २ को फाइनलमा रवि , विक्रम, सुमित र अस्मिता पुगेका थिए ।

एपिवान एचडीमा प्रसारण भएको नेपाल आइडलमा निर्णायकको भुमिका न्यू बज्राचार्य, ईञ्दिरा जोशी र कालीप्रसाद बांस्कोटाले निभाएका थिए । पहिलो नेपाल आईडल पोखराका बुद्ध लामा भएका थिए ।

प्रकाशित मिति: ६ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्