अज्ञात वर्तमानहरु


 


eksan rai

अज्ञातहरु वर्तमानमा तिल्मिलाए पछि

घरको भित्तेघडी पनि भुक्किदो रहेछ

न्वारान देखिको बल लगाएर

उफ्रदै खोज्दो रहेछ सेके्रन्ड मिनेट र घण्टाका सुइहरु

सुल्टो उल्टो नभनि उछान उछिन गर्दा रहेछन

एक छिन लाई विर्सिदा रहेछन

केन्द्र विन्दु अनि

लाखौ पटकको परिक्रममा जहाँ बाट हिडेको यात्राको विराम त्यहि छ

 

झुक्काउन खोज्ने अज्ञातहरु

आफै पनि भ्रममा परि खोज्दै हिड्दो रहेछ

स्वर्णिम वर्तमान

थाहा छैन कावा दोभान तिरको हावाले सुन्यो सुनेन

माथि माथि ट्याम्केको फेदि तिर भेटिए भेटिएन

तर मेरो घडीले जति फन्का मारेपनि

समय उही हो

 

मैले सुनेको थिए

विग्रीएको भित्ते घडीले पनि

दिनमा दूई पटक सही समय दिन्छ भनेर

तर थाहा छैन कहिले आउछ त्यो समय

टक्क अड्नेछ मेरो घडीको सुइ

र दिनेछ सहि समय

एक्सन राई

याे पनि पढ्नुहाेस्

गजल

प्रकाशित मिति: ५ मंसिर २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्