शारीरिक कमजोरी हटाउन यसो गरौं


 


काठमाडौं, २९ माघ : के तपाईंलाई थोरै काम गर्दा पनि थकावटको महशुस हुन्छ ? नोकरीबाट घर फर्किँदा पनि सबै इनर्जी सक्किएको झैं हुन्छ ? अब भने तपाईंले चिन्ता लिनु पर्दैन ।

शरीरको कमजोरी हटाउनका लागि आफ्नो डाइटमा ध्यान दिए पनि पर्याप्त हुन्छ । आउनुहोस् जानी राखौं, के हुन् त ती इनर्जी बढाउने चिजहरु ?

 

प्रत्येक दिन एक कोसा केरा खानु जरुरी छ । यसले तपाईको शरीरमा ऊर्जा प्रदान गर्ने गर्दछ । यसका साथै महिलाहरुलाई पिरियड्सको दौरान मुश्किल कम हुने गर्दछ । तर खाली पेटमा केराको सेवन भुलेर पनि नगर्नुस् ।

अनार केवल शरीरमा रगतको मात्रा पूर्ति गर्ने मात्र नभएर शरीरमा शक्तिको पनि प्रवाह गर्दछ । अनार स्वाद र स्वास्थ्यको दृष्टिकोणले उत्तम फल पनि हो । यसको सेवनले दिनभरि शरीरमा इनर्जी रहिरहन्छ । तर रातको समयमा भने यसको सेवन राम्रो मानिँदैन ।

भिटामिन सी ले भरपूर भएको अमला शरीरमा ताकत बढाउने अचूक र चमत्कारी उपाय हो । यो हाम्रो शरीरका लागि निकै फाइदाजनक छ । यसलाई महको साथ सेवन गर्नु उत्तम मानिन्छ । अमलाले यौन बल बढ्नुका साथै शरीरमा पनि फूर्ति जाग्दछ ।

रातको समय लगभग ६० ग्राम किसमिस तातो पानीले धोएर भिजाएर राख्नुस् । प्रत्येक बिहान त्यसको पहेँलो पानी किसमिससँग सेवन गर्नुस् । प्रत्येक दिन यसको सेवन गर्दा शारीरिक कमजोरी दूर हुने गर्दछ ।

कागती शरीरमा शक्तिको लागि निकै जरुरी छ । कागतीले शारीरिक कमजोरी हटाउनुको साथै नयाँ स्फूर्ति पनि जगाउने गर्दछ । कागतीलाई नून र चिनीसँगै मनतातो पानीमा मिलाएर पिउन सकिन्छ ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्