भोजपुरमा हातहतियार मुद्दामा कैद र जरिवाना


 


भोजपुर, २२ फागुन
जिल्ला अदालत भोजपुरले हात हतियार खरखजाना मुद्दामा एक युवकलाई छ महीना कैद र जरिवानाको फैसला गरेको छ ।

अदालतले भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नं ८ बासिखोराका ३१ वर्षीय प्रवीण राईलाई छ महीना कैद र १५ हजार जरिवानाको फैसला गरेको हो । प्रहरीले राईलाई गत पुस ९ गते बाँदर तर्साउनका लागि घरमा राखेको बन्दुकसहित पक्राउ गरेको थियो । राईलाई प्रहरी जवान सञ्जीवकुमार राईको जाहेरीले पक्राउ गरिएको हो ।

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्