माइभ्याली गोल्डकपको उपाधि दाउफिन्सलाई


 


नरेन इलामेली इलाम चैत ५
इलाममा जारी पाँचौ संस्करणको टुबोर्ग अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको उपाधि क्यामरुनको दाउफिन्स क्लबले उचालेको छ । मंगलबार इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सम्पन्न फाइनल खेलमा हिमालयन शेर्पा क्लब काठमाण्डौलाई २– ० गोल अन्तरले पराजित गर्दै दाउफिन्स क्लब क्यामरुनले उपाधि उचालेको हो ।

एपाधिसँगै दिाउफिन्सले नगद ७ लाख र उपविजेता हिमालयन शेर्पा क्लब काठमाण्डौले नगद ४ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । आजको खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पा क्लबका विषम गुरुङ घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।

हिमालयन शेर्पा क्लबका गोलरक्षक किशोर गिरी म्यान अफ दी सेरिज घोषित हुँदै १ सय ६० सिसीका आपाची मोटरसाइकल प्राप्त गरे । त्यस्तै प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर हिमालयन शेर्पाका त्रिदेव गुरुङ, सर्वाधिक गोलकर्ता हिमालयन शेर्पाकै सुनिल खँड्का घोषित भए । खँड्काले प्रतियोगिता भरीमा ४ गोल गरेका थिए । त्यस्तै उत्कृष्ट गोलरक्षक दाउफिन्सका प्रीजर, उत्कृष्ट डिफेण्डर दाउफिन्सका ओको वोता उत्कृष्ट फरवार्ड दाउफिन्सका पेटाङ्गा र उत्कृष्ट प्रशिक्षक दाउफिन्सकै वाम्बा घोषित भए । उनीहरुले जनही २५ हजार प्राप्त गरेका छन् ।
माइभ्याली फुटबल क्लब इलामको आयोजनामा गत २६ फागुनबाट सुरु भएको प्रतियोगितामा नेपालका विभागिय टीमहरु नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब सहित थ्रिस्टार क्लब, मेची नेत्रालय झापा, हिमालयन शेर्पा क्लब, काठमाण्डौ आयोजक माइभ्याली फुटबल क्लब भारतको युनाइटेड क्लब दार्जिलिङ, नेप्लीज फुटबल एकाडेमी हङकङ र दाउफिन्स क्लब क्यामरुन गरी १० टीमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्