​ब्याडमिन्टनमा भाेजपुरे चेली नङ्सल र सरादेवीलाई काश्य पदक


 


nansal Tamangसिलोङ, माघ २७

दक्षिण एसियाली खेलकुद सागको १२ औं संस्करणमा ब्याडमिन्टनको महिला एकलमा नङ्सल तामाङले काश्य पदक जितेकी छिन् । बुधबार भएको सेमिफाइनलमा तामाङ भारतकी रुथभिका सिवानीसँग पराजित हुँदै काश्यमा रोकिएकी हुन् ।

nansal n saradeviब्याडमिन्टनमा नेपालले जितेको यो दोश्रो पदक हो । यसअघि नङ्शलसहित, सरादेवी तामाङ, अमिता गिरी, शिक्षा श्रेष्ठ, जेशिका गुरुङ, मेघा चन्द र अनु राई सम्मिलित टोलीले महिला टिम इभेन्टमा काश्य पदक जितेको थियो ।

बुधबार सेमिफाइनलमा प्रारम्भदेखि नै भारतीय खेलाडीको दबाव खेपेकी नङ्सलले गतिलो प्रदर्शन गर्न सकिनन् । उनी २१-५, २१-५ को सोझो सेटमा पराजित भइन् ।

प्रतियोगिताको स्वर्ण पदक पनि भारतीय खेलाडी सिवानीले नै जितिन् । उनले फाइनलमा आफ्नै देशकी पिभी सिन्धुलाई २१-११, २२-२० ले हराइन् । ब्याटमिन्टनको प्रतिस्पर्धा बुधबार सकिएको छ ।

प्रकाशित मिति: २७ माघ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्