मनाङ मर्स्यांदी फाइनलमा


 


पोखरा, वैशाख ९

बोलाबालेको ह्याट्रिकको मद्दतले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब पोखरा जारी मनकामना केवुलकार पोखराकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलखेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबलाई ५–०ले पराजित गर्दै मनाङ् फाइनल प्रवेश गरेकोे हो ।

मनाङ्को जितमा बोलाबालेले ह्याट्रिक गरेका थिए । खेलको ४०, ४६ र ४९ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । त्यस्तै खेलेको ३२ औं मिनेटमा अनिल गुरुङ र ७६ औं मिनेटमा रवीन पासवानले एक÷ एक गोल थपे । अाज दोस्रो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र धरान ११ बीच हुनेछ ।

प्रकाशित मिति: ८ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्