मन्त्रिमण्डल हेरफेरमा समाजबादी पार्टी रुष्ट, सरकार छोड्ने तयारी


 



काठमाडौं, मंसिर ५
मन्त्रिमण्डल पुनर्गठनमा आपत्ती जनाउँदै संघीय समाजबादी पार्टी रुष्ट बनको छ । मन्त्रिमण्डल हेरफेरमा पार्टीसंग कुनै छलफल नै नगरेको भन्दै समाजबादी पार्टी रुष्ट बनेको हो ।

समाजबादीका एक नेताले आफ्नो पार्टीसंग कुनै छलफल नै नगरि प्रधानमन्त्री ओलीले मनपरी ढंगले मन्त्रिमण्डल पनुर्गठन गरेकोमा आपत्ति जनाए । उनले अब समाजबादीले सरकार छोड्ने तयारसमेत गरेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको भूमिकामा रहेका समाजबादीका अध्यक्ष उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा रहेको सुरेन्द्र चौधरीलाई हटाइएको छ । उपप्रधानमन्त्री यादव अहिले दिल्ली भ्रमणमा छन् । उनी नेपाल फर्किएपछि सरकारबाट सरकारबाट फिर्ता हुने पार्टीले जनाएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार मात्रै ६ मन्त्री र तीन राज्यमन्त्रीसहित ९ जनाको नयाँ नियुक्ति गरेका छन् । साथै त्यति नै संख्यामा मन्त्री तथा राज्यमन्त्रीको विदाई पनि गरिएको छ ।

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्