प्रधानमन्त्री विरामी भएकै बेला चीनले किन भ्रमणमा बोलायो प्रचण्डलाई ?


 


काठमाडौं, मंसिर १३

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जाने भएका छन् ।

नेपाल चाइना मिडिया फोरमद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चाँडै चीन जान लागेको जानकारी दिए ।

चिनियाँ पक्षले प्रचण्डकै नेतृत्वमा टोली भ्रमणमा आओेस् भनेर प्रधानमन्त्री ओलीसँग चाहना राखेकाले आफू बेइजिङ जान लागेको उनले खुलाए । प्रधानमन्त्री ओली अहिले विरामी भएर उपचाररत छन् ।

आफ्नो भ्रमणले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा भएका सहमति कार्यान्वयनमा सघाउ पुग्ने उनले बताए । आफ्नो चीन भ्रमण सीको नेपाल भ्रमणपछि नेपाली पक्षबाट हुन लागेको पहिलो उच्चस्तरीय भ्रमण हुने उनले बताए ।

प्रचण्डले राष्ट्रपति सीसँग आफ्नो आठ पटकसम्म भेट भइसकेको बताउँदै चीनसँग आफ्नो जनस्तरको सम्बन्ध बनिसकेको पनि बताए ।

प्रकाशित मिति: १३ मंसिर २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्