क्रुरताको पराकाष्ठाः मोबाइलको निहुँमा परिवारै मिलेर महिलाको हत्या


 


जनकपुर, माघ २०

कुनै परिवार कुन हदसम्म क्रुर हुनसक्छ ? यदि प्रहरी दाबी पत्याउने हो भने भन्न कर लाग्छ, मान्छेले क्रुरताको पराकाष्ठा नाघ्दैछ ।

घटना धनुषाको औरही गाउँपालिका २ को हो । जहाँ मोवाइलको निहुँमा एक जना महिलाको परिवारकै सदस्यबाट हत्या भएको प्रहरीको भनाइ छ । २२ वर्षीया चिन्तामणि पासवानलाई मोबाइलको निहुँमा उनकै परिवारका सदस्यले हत्या गरेको प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक चिन्तामणि र उनकी नन्द पुनिता पासवानबीच मोवाइलको विषयमा झगडा भएको थियो । त्यहीबेला चिन्तामणिका पति अनिलकुमार, नन्द पुनिता, सासू(ससुरा मिलेर उनको हत्या गरेको प्रहरीको दाबी छ । ‘उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ’, धनुषा प्रहरीले भनेको छ ‘तर, अपराध लुकाउन उनी झुण्डेको देखाउन खोजिएको छ ।’

यो घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले परिवारका सदस्यहरुलाई पक्राउ गरेको छ । पर्नेमा मृतक चिन्तामणिका श्रीमान ३० वर्षीय अनिलकुमार पासवान, ससुरा ५५ वर्षीय राधाकृष्ण पासवान, ४५ वर्षीया सासू कुमला पासवान र २० वर्षीया नन्द पुनिता पासवान छन् ।

प्रकाशित मिति: २० माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्