साङ्ग्रिला डेभलपमेन्ट बैङ्क र अपोलो हस्पिटल बिच सम्झौता


 


काठमाडौं, ६ जेठ । सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेड र अपोलो हस्पिटल बिच ग्राहकलाई १० प्रतिशतसम्म छुट दिने सम्झौता गरेका छन् ।

सम्झौतामा आइतबार बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा दुगड ग्रुपका उपाध्यक्ष अभिषेक दुगडले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार अपोलो हस्पिटलले बैङ्कका ग्राहक तथा कर्मचारीहरूलाई १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ । साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरूमा समेत यी सबै छुट दिइने सम्झौतामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्