ग्राहकलाई छुट दिन कुमारी बैङ्क र होटल भिन्टेज होम बिच सम्झौता


 



काठमाडौ, ६ जेठ । कुमारी बैङ्क लिमिटेड र होटल भिन्टेज होम बिच ग्राहकलाई छुट दिने सम्बन्धि सम्झौता भएको छ ।
यस सम्झौता अनुसार कुमारीका ग्राहकले भिन्टेजबाटसेवा लिए बापत गनुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा १० प्रतिशत छुट पाउँनेछन् ।

यस सुविधाबाट ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै छुटले प्रोत्सहान गर्ने आर्थिक बचतका लागि सहयोग पुग्ने बैङ्कको विश्वास छ ।


विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारीका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरू छन् /

प्रकाशित मिति: ६ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्