यौनसम्पर्कपछि पैसामा विवाद त्यसपछि हत्या


 


हेटौंडा, माघ २१

यौन सम्पर्कपछि पैसामा कुरा नमिल्दा तेस्रो लिंगी अजिता भुजेलको हत्या भएको खुलेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपािलका वडा नम्बर ११ की तेस्रो लिंगी भुजेलको हत्यामा संलग्नहरूलाई प्रहरीले सार्वजनिक गरेको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न ५ जनालाई सार्वजनिक गरेको हो।

यही माघ ४ गते बिहान हेटौंडा–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सुशीलसिंह राठौरका अनुसार यौन सम्पर्कपछि पैसाका विषयमा विवाद हुँदा अजिताको हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न आरोपमा प्रहरीले हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा(४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरेको हो।

अजिताको हराएको मोबाइलबाट हत्यारा पत्ता लगाउन प्रहरी सफल भएको हो।

अजिताको मोबाइल घटनामा संलग्न बुद्ध लामाले साथी आशिषलाई दिएका थिए। उनले त्यो मोबाइल आफ्नी पत्नी एलिसालाई दिएका थिए। त्यही मोबाइल अन भएपछि प्रहरी घटनाको सबै विवतरण पत्ता लगाउन सफल भएको हो। सोही कारण एलिसा पनि पक्राउ परेकी हुन्।

प्रकाशित मिति: २१ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्