कोरोनाबाट जोगिन यस्तो छ प्रदेश १ सरकारको तयारी



विराटनगर, माघ २१

विश्वव्यापी त्रास बनिरहेको कोरोना भाइरसबाट जोगिन प्रदेश सरकारले विशेष पहल थालृेको छ ।

प्रदेश १ सरकारले चीनमा फैलिरहेको प्राणघातक नोभल कोरोना भाइरसबाट बच्न विभिन्न चार निर्णय पनि गरेको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलगायत सरोकारवालासँग बसेको बैठक पछि प्रदेश सरकारले चार निर्णय गरेको हो।

प्रदेश सरकारले कोरोना भाइरस संक्रमण हुन नदिन समेतनामूलक कार्यक्रम गर्ने पहिलो योजना बनाएको छ भने विभिन्न स्वास्थ्य संस्थामा संक्रमितलाई आइसोलेटेड बेडको व्यवस्था गर्ने निर्णय गरेको छ।

मेची अञ्चल अस्पताल झापा, कोसी अञ्चल अस्पताल मोरङ, बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरान, बीएन्डसी अस्पताल बिर्तामोड र विराटनगरका विराट मेडिकल कलेज टिचिङ अस्पताल तथा नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा यस्ता बेड राखिनेछ।

यस्तै प्रदेश सरकारले सबै सुरक्षा निकायसँगको सहकार्यमा प्रदेशका सबै जिल्लामा सतकर्ता अभियान सञ्चालन गर्नेछ।

कोरोला संक्रमणबाट जोगिन प्रदेश १ का दुई चिनियाँ नाका बन्द हुँदा पर्नसक्ने खाद्यान्न असुविधाको व्यवस्थापनका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिने निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत मनोज कार्कीले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News