आजपनि घट्यो सुनचाँदीको मूल्य


 



काठमाडौं, फागुन २९
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा आज आठ सय रुपैयाँ घट्दै प्रतितोला ८१ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोला ८२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य हिजोपनि अघिल्लो दिनको तुलनामा घटेकाे थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला आठ सय ६० रुपैयाँ कायम भएको छ ।
चाँदी हिजो प्रतितोला आठ सय ८० रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ्ले जनाएको छ।

प्रकाशित मिति: २९ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्