सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ खेल्ने


 


काठमाडौं ४ जेठ । सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ खेल्ने पक्का भएको छ। लामो दौडकी धाविका श्रेष्ठले पेरिस ओलम्पिकको म्याराथनमा प्रतिस्पर्धा गर्ने भएकी हुन्।

यसअघि नेपाल ओलम्पिक कमिटी र नेपाल एथ्लेटिक्स संघबाट युनिभर्सल कोटा (वाइन्ड कार्ड)का लागि नाम सिफारिस भएकोमा अहिले अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघबाट स्वीकृत भएको सन्तोषीले बताइन्।

उनले ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाउने भएकोमा खुसी व्यक्त गरिन्। ‘युनिभर्सल कोटाबाट ओलम्पिक खेल्न पाउने भए पनि म राम्रो प्रदर्शन गर्न कोशिस गर्छु,’ उनले सेतोपाटीसँग भनिन्।

पेरिस ओलम्पिक आगामी जुलाई २६ देखि अगस्ट ११ सम्म हुँदैछ।

ीबहmष् दबलप
यसअघि गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेकी सन्तोषीले सन् २०१९ मा नेपालमा भएको साग गेम्समा १० हजार मिटर दौमा ऐतिहासिक स्वर्ण जितेकी थिइन्। उनी साग इतिहासमा एथ्लेटिक्सतर्फ नेपालका लागि स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनेकी थिइन्।

ल्अभिि

यससँगै पेरिस ओलम्पिकका लागि नेपालबाट प्रतिस्पर्धा गर्ने तीन खेलाडी पक्का भएको छ। यसअघि ब्याडमिन्टनबाट प्रिन्स दाहालले युनिभर्सल कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको थियो।

टेबलटेनिसका स्यान्टु श्रेष्ठले भने दक्षिण एसियाली छनोट जितेर पेरिस ओलम्पिक २०२४ का लागि स्थान पक्क गरेका थिए।

प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्