कस्तो छ आजको मौसम ?


 



काठमाडौं, जेठ १३
आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भू–भागका केही स्थानमा भने आंशिक बदली रहने संभावना छ ।
महाशाखाकाअनुसार नेपालको पूर्वी भू–भाग आसपासमा निम्न चापीय प्रणाली रहेको र स्थानीय वायुको पनि प्रभाव भएकाले केही क्षेत्रको मौसम भने आंशिक बदली हुने मौसमविदले बताएका छन् ।

दिउँसो देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिम पहाडी भू–भागमा अपराहन्न पश्चात सामान्य बदली हुने छ ।

मध्य तथा पूर्वी भू–भागका थोरै स्थान र पश्चिम पहाडका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति पूर्वी तथा मध्य भू–भागमा सामान्य बदली रहने छ । पश्चिम पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतयासफा रहने मौसमविदले बताएका छन् ।

पूर्वी र मध्य भू–भागका थोरै स्थान तथा पश्चिम पहाडका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १३ जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्