लागुऔषधसहित १ सय ४१ जना पक्राउ



जनकपुरधाम, जेठ १७
लकडाउनमा पनि लागुऔषधको ओसारपसारमा कमी आएको छैन। दुई महिना भन्दा लामो समयदेखि देश लकडाउनमा रहे पनि प्रदेश २ मा १४१ जना लागुऔषधसहित पक्राउ परेका छन्।

उक्त अवधिमा १२३ किलो ५ सय ग्राम गाँजा, एक किलो ६५० ग्राम चरेस र ९ हजार ६१५ पिस ट्याब्लेट प्रहरीले बरामद गरेकाे हाे। भारतसँगको खुला सीमाका कारण दिनहुँ लागुऔषध ओसारपसार हुने गर्छ तर अहिले कोरोना भाइरसको कारण देश लकडाउन रहेको समयमा समेत यसमा कमि आएको छैन ।

प्रदेश २ का आठ जिल्लाबाट १४१ जना लकडाउन अवधिमा पक्राउ परेको २ नम्बर प्रदेश प्रहरी जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

पक्राउ पर्नेमा सबै भन्दा बढी सिरहाका रहेका छन् । सिरहामा २५ वटा मुद्दा दर्ता भएकोमा यहाँ ३८ जना दुई किलो ३५० ग्राम गाँजा र ८८४ पिस ट्याब्लेटसहित पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News