मेघगर्जनसहित चट्याङ र हावाहुरीको सम्भावना


 



काठमाडौं, जेठ २७
आज देशका केही ठाउँमा मौसम सामान्य बदली हुनेछ भने केही ठाउँमा हावाहुरीसहित चट्याङ र वर्षा हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशको प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै भूभागमा र प्रदेश १ का पहाडी भूभागहरूमा सामान्य बदली रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सहित प्रदेश २ का केहि भूभागमा आंशिक बदली रहेको देखिन्छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहनेछ ।

प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीको समयमा प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्