क्वारेन्टाइनबाट फर्किएकी महिलाको मृत्यु


 


धनगढी, असार २०
कैलालीमा क्वारेन्टिनबाट घर फर्किएकी महिलाको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्बर १० मा भारतबाट फर्किएर क्वारेन्टिन अवधी पूरा गरी घर पठाइएकी ४८ वर्षीया महिलाको मृत्यु भएको हो।

उनी जेठ २६ गते भारतबाट फर्किएकी थिइन्। मृतक रक्तचाप र प्यारालाईसिसको बिरामी रहेको बुझिएको छ। मृतक महिलाको कोरोना परीक्षण गरिने भएको छ।

गोदावरी नगरपालिकाले कोरोना परीक्षणका लागि शुक्रबार नै स्वाब संकलन गरी धनगढी प्रयोगशाला पठाइएको जनाएको छ।

प्रकाशित मिति: २० असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्