इलाम-२ मा एमालेका नेम्वाङको अग्रता कायमै, २२८२ मतले खड्का पछाडि


 


काठमाडौं । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायमै छ ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ७ हजार ६७७ मत प्राप्त गरे अग्रता कायमै राखेका हुन् ।

उनलाई दोस्रो स्थानमा कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५ हजार ३९५ मत पाए । सुहाङभन्दा खड्का २ हजार २८२ मतले पछि छन् ।

स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ५८ मत प्राप्त गरेका छन् ।

रास्वपाका मिलन लिम्बूले १ हजार १६६५ मत प्राप्त गरेका छन् । अहिले पनि मतगणना जारी रहेको छ ।

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्