व्यक्ति अपहरणको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
काठमाडौं, साउन ३०
व्यक्ति अपहरण तथा शरीर बन्धक आरोपमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् ।
स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको उजुरीको आधारमा उनलाई रामेछाप प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
उनी विभिन्न विवादमा मुछिदै आएका छन् ।
तत्कालीन एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित खड्कालाई पार्टीको नीति र जनताको भावनाविपरीत अगाडि बढेको भन्दै नेकपाले गत वर्ष पार्टीको जिल्ला सदस्यलगायत सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।
प्रकाशित मिति: ३० श्रावण २०७७, शुक्रबार