काठमाडौँ उपत्यकाको वायु अति अस्वस्थकर


 


काठमाडौँ, वैशाख १९ । काठमाडौँ उपत्यकाको वायुको गुणस्तर अति अस्वस्थकर छ ।

वायु गुणस्तरको अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरअनुसार बिहान १०ः४५ बजे कलंकी क्षेत्रको एक्यूआई २०४ पुगेको थियो । यो अंक ११ः४५ बजे १९१ युएस एक्यूआई छ ।

आईक्यू एयरका अनुसार काठमाडौँ अहिले विश्वका १२२ प्रदूषित सहरको एक नम्बरमा छ । यो अंक विश्व स्वास्थ्य संगठनको मापदण्डमा ‘अति अस्वस्थकर’ हो ।

उपत्यकाका ताथली, सल्लाघारी, मध्यपुर ठिमी, खुमलटार, रत्नपार्कलगायतका क्षेत्रमा वायुको गुणस्तर १७० देखि १९८ यूएस एक्यूआईसम्म पुगेको आइक्यू एयरको रेकर्ड छ ।

उपत्यकाबाहिर भरतपुर र पोखरमा एक्यूआई १८० भन्दा माथि छ । एक्यूआई १५० देखि २०० सम्म रहेको वायु अस्वस्थकर हुन्छ ।

प्रकाशित मिति: १९ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्