एक थान कटुवा पेस्तोलसहित एक जना पक्राउ


 



कञ्चनपुर, भदौ २२
कञ्चनपुरको बेलौरीबाट एक थान कटुवा पेस्टोलसहित एक जना युवक पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका वडा नम्बर १० भुडा बस्ने २४ वर्षीय खुसी राम चौधरीलाई सशस्त्र प्रहरीको टोलीले हतियारसहित पक्राउ गरेको हो ।

सोमबार मध्याह्न सिमा गस्तीका क्रममा पक्राउ परेका चौधरीको साथबाट एक थान कटुवा पेस्तोल र २ राउन्ड गोली समेत बरामद गरेको सशस्त्र प्रहरी बल बिओपी भुडाका सशस्त्र प्रहरी सहायक निरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।

पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीको जिम्मा लगाइएको छ । उनलाई हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाही हुने इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए ।

प्रकाशित मिति: २२ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्