आज नवनिर्वाचित सांसद सुहाङ नेम्वाङको शपथ ग्रहण


 


काठमाडौँ । इलाम-२ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।

उनलाई सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे शपथ खुवाउन लागेका हुन् ।

साथै उनलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिइने छ ।

गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए ।

प्रकाशित मिति: २६ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्