नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५, २७६ पुग्यो



काठमाडाैँ, असाेज ५
पछिल्लो २४ घण्टामा ११५४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। देशभर ८६९० जना होम आइसोलेसनमा छन्।

आज १००५ जना निको भएका छन्। हालसम्म ४७ हजार २३८ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।  पछिल्लो २४ घन्टामा ९५३३ जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News