असई गोविन्दको उच्च सम्मानसहित अन्त्येष्टि


 



धनगढी, कार्तिक ३
अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको उच्च सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ ।

विभत्स हत्या गरिएको अवस्थामा आइतबार नेपाल–भारत सीमास्थित मोहना नदीमा फेला परेका असई बिकको सोमबार कञ्चनपुरको दोदा नदीको किर्तिपुर घाटमा सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

बिकको शोक सलामी सहित अन्त्येष्टि गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अन्त्येष्टि अगाडि बिकको पार्थिक शरिरमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक ९असई० बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा मृत भेटिएका थिए ।

उनीसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात छ । उनको खाजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्