भारतीय जङ्गलमा महिलाको शव फेला


 


महेन्द्रनगर, कात्तिक १८

कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ । मृतकसित भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन् ।
“महिलाको परिवारसित सम्पर्क हुन सकेको छैन”, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले भन्नुभयो, “ शवसंँगै भारतीय प्रहरीले भेटेको कागजातअनुसार मृतक साविक गाविस–३ की महिला हुन् ।” शव भारतको पलियामा राखिएको र सोबारे भारतीय प्रहरीसित थप समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्