इलाम–२ मा ५८ प्रतिशत मतदान


 


काठमाडौं, वैशाख १५ । इलाम–२ मा प्रतिनिधिसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा ५८ प्रतिशत मतदान भएको छ ।

आयोगले शनिबार साँझ जारी गरेको विज्ञप्ति जारी गर्दै ५८ प्रतिशत मतदान भएको जनाएको हो । तर ४ मंसिर २०७९ मा भएको चुनावमा भन्दा कम मतदान भएको छ ।

उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाता थिए । ४ मंसिर २०७९ मा इलाम– २ मा ५९ दशमलव ७८ प्रतिशत मतदान भएको थियो ।

इलाममा इलाम नगरपालिका– ७ स्थित गौतम बुद्ध सभागृहमा साँझ ११ः०० बजेभित्र मतपेटिका संकलन हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति: १५ बैशाख २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्