डोटीमा अटो रिक्सा दर्घटना हुँदा एक जनाको मृत्यु


 


डोटी, पौष २९
डोटीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका– ८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा शिखर ३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो ।

दुर्घटनामा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि कैलाली सिफारिश गरिएको तथा दुई जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिए । अटोमा सात जना सवार रहेको बताइएको छ ।

प्रकाशित मिति: २९ पुस २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्