डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सात जना पक्राउ


 


काठमाडौं, वैशाख १४ । काठमाडौंबाट डेढ किलोभन्दा बढी सुन र झण्डै डेढ करोड रुपैयाँसहित सात जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँसहित सात जनालाई पक्राउ गरेको हो ।

प्रहरीले दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल, भरतराज खरेल, भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टेलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्