कस्तो रहला आजको मौसम ?


 



काठमाडौं, माघ २५
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल प्रदेश १ पहाडी भूभागहरुमा आंशिक वदली रहेको छ। आज दिउँसो पहाडी भूभागमा आंशिक वदली रही वाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राती पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

पश्चिमी वायुको प्रभावसँगै विगत दुई दिनदेखि मुलुकभरको जनजीवन चिसो भएसँगै हिमाली क्षेत्रमा भारी हिमपात जारी रहेका बेला उच्च पहाडी क्षेत्रमासमेत शनिवार हिमपात भएको हो ।

तराइका क्षेत्रमा बाक्लो हुस्सुसहितको शितलहर र पहाडी क्षेत्रमा मौसम बदली भइ विभिन्न भागमा पानी पनि परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिवार काठमाडौंको चन्द्रागिरी, फुल्चोकीलगायत आसपासका क्षेत्रमा सामान्य हिउँ परेको थियो ।

साथै चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

प्रकाशित मिति: २५ माघ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्