आज यी स्थानमा वर्षाको सम्भावना



काठमाडौं, फागुन २२
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

बिहानको मौसमको बारेमा जानकारी दिँदै महाशाखाले देशका केही पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली भइरहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

यसैगरी, आज दिउँसो प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै, प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुको एक/दुई स्थानमा हल्का वर्षा र हिमपात को सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश का पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहने पूर्वानुमान छ ।

बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागहरुको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News