डान्सबारबाट नक्कली नेपाली रुपैयाँसहित दुई जना पक्राउ


 



काठमाडौं, फागुन २७
काठमाडौं महानगरपालिका वडा नम्बर ४ सुकेधारास्थित आयुष डान्सबारबाट नक्कली नेपाली रुपैयाँसहित द्ई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका–३ घर भएका २१ वर्षीय बिजय तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका–४ घर भई काभ्रे बनेपा बस्ने ३० वर्षीय धुर्ब श्रेष्ठ रहेका छन् ।

गएराति प्रहरीले उनीहरुलाई १ हजार दरका १ सय ६३ थान गरी जम्मा १ लाख ६३ हजार नक्कली नेपाली रूपैयाँसहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नक्कली नोट सहित उक्त डान्सबारमा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्