वडाध्यक्ष महिलासहित शंकास्पद अवस्थामा होटलबाट पक्राउ


 



बैतडी, चैत्र ६
बैतडीको दोगडाकेदार गाउँपालिका एकजना वडाध्यक्ष महिलासहित होटलबाट पक्राउ परेका छन् ।

वडा नम्बर ७ का भरत महरा शङ्कास्पदरूपमा होटलमा भेटिएका हुन् । वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो ।

उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

शङ्कास्पद भेटिएका दुवैजनालाई जिल्ला ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

प्रकाशित मिति: ६ चैत्र २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्