पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक


 



काठमाडौं, चैत्र ७
नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यातालिका सार्वजनिक भएको छ ।

यही चैत २५ गते पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा हुन लागेको निर्वाचनको कार्यतालिका पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले शनिबार सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार चैत १२ गते बिहान साढे १० बजेदेखि दिउसो दिउसो ४ बजेसम्म उम्मेदवार मनोनयन गर्ने रहेको छ ।

महासंघका काठमाडौंमा उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको केहि दिन अघि बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको थियो ।

महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति: ७ चैत्र २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्