देशभर थप १२० जनामा कोरोना संक्रमण पुष्टि


 



काठमाडौं, चैत्र १२
पछिल्लो २४ घण्टामा देशभर १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा २८९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८५ जना निको समेत भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ जना पुगेको छ छ । कोरोनाबाट भने निको हुनेको संख्या २ लाख ७२ हजार २७२ जना रहेको छ।

यस्तै हालसम्म संक्रमणबाट ३ हजार २० जनाको मृत्यु जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार अहिले सक्रिय संक्रमित १ हजार २१७ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्