देशभर थप १५६ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु


 



काठमाडौं, चैत्र १३
नेपालमा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा ४ हजार ४ सय १६ नमुनाको पीसीआर परीक्षण भएको थियो।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ६६ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौंका ५५, ललितपुरका ९ तथा भक्तपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार शुक्रबार ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ।

हाल देशभर १ हजार २ सय ९९ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ।

देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २४ पुगेको छ।

प्रकाशित मिति: १३ चैत्र २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्