काठमाडौंको धुँवा घातक, हट्न अझै केही दिन लाग्ने


 



काठमाडौं, चैत्र १४
काठमाडौं उपत्यकालगायत आसपासका क्षेत्रको आकाशको धुँवा हट्न अझै केही दिन लाग्ने भएको छ।

जल तथा मौसम विज्ञान विभागले डडेलोसम्बन्धी विशेष मौसमी बुलेटिन जारी गर्दै काठमाडौंलगायत आसपासका क्षेत्रको वायु प्रदूषण कम हुन अझै केही दिन लाग्ने जनाएको हो।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले काठमाडौंलगायत देशका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको जनाएको छ।

महाशाखाले भनेको छ, ुुहाल नेपालका अधिकांश जिल्लाहरूमा डढेलो लागिरहेको र सोबाट सिर्जित प्रदूषणको कणहरु वायुमण्डलमा नै जम्मा भएकोले धेरै जसो स्थानहरुमा ९मुख्यतया उपत्यकाहरूमा० प्रदूषण बढ्न गई पारदर्शिता पनि घटेको छ। हाल स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको देखिन्छ।ुु

अझै केही दिन प्रदूषणमा सुधार हुने सम्भावना कम रहेको मौसमविद् सविना शाक्यले बताइन्। आगलागी जारी रहेको र वायुमण्डल स्थिर रहेकाले प्रदूषणका कणहरु छरिन नपाएको उनले बताइन्।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनमा वायु प्रदूषणका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समसया आउने जनाएको छ।

आज पनि काठमाडौंको वायु प्रदूषण स्वास्थ्यका लागि घातक अवस्थामै रहेको छ। काठमाडौंस्थित बेलायती राजदूतावास आसपासको क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० ४२१ रहेको छ। त्यस्तै, झम्सीखेलमा ४०२ रहेको छ। एक्यूआई ४०० भन्दा माथि स्वास्थ्यका लागि घातक मानिन्छ।

त्यस्तै, तराईका जिल्लामा आगालागीको क्रम रोकिएको छैन। चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्षसहित आसपासका क्षेत्रमा आगलागी भइरहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १४ चैत्र २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्