भारतमा एकै दिन ६२ हजार जनामा कोरोना संक्रमण


 



काठमाडौं, चैत्र १३
भारतमा पछिल्लो २४ घण्टामा थप ६२ हजार जना कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी महाराष्ट्र प्रभावित बनेको छ । जहाँ २४ घण्टामा ३६ हजार ९०२ जना संक्रमित थपिएका छन् ।

योसंगै हाल भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १.१९ करोड पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल भारतमा कोरोनाको सक्रिय संक्रमित संख्या ४.५२ लाख पुगेको छ ।

ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघेको जनाएको छ । योसँगै ब्राजिल अर्कौ प्रभावित मुलुक बनेको छ । २४ घन्टामा ब्राजिलमा मात्र ३ हजार भन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्