म्यानमारमा नरसंहार, एकै दिन थप ९१ प्रदर्शनकारी मारिए


 



एजेन्सी
म्यानमारमा प्रदर्शन चर्किंदै जाँदा सेनाले पनि कडा दमनको नीति लिएको छ ।

सेनाले सशस्त्र बल दिवसका अवसरमा शक्ति प्रदर्शन गरेपछि शनिबार सैन्य ‘कु’ यताकै खतरनाक र रक्तपातयुक्त दिन बनेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ। 

राजधानी सहर नेप्याइडमा आयोजित सेनाको कार्यक्रममा कुनै पनि किसिमको अवरोध गर्न खोज्नेलाई टाउको र ढाडमा गोली हान्न सकिने चेतावनी दिइएको थियो। तर, त्यसको बेवास्ता गर्दै यांगुन, मन्डलेलगायत सहरमा नागरिक सडकमा उत्रिएका थिए।

आन्दोलनमा हालसम्म हजारौं घाइते भएका छन्। ३ हजारभन्दा बढी पक्राउ परेका छन्। हालसम्म मृत्यु हुनेको संख्या ४ सय १९ बढी पुगेको छ ।

एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सले मुख्य सहर यांगुन र दोस्रो ठूलो सहर मन्डलेमा अझै बढी संख्यामा प्रदर्शनकारी मारिएको हुन सक्ने जनाएको छ।

प्रकाशित मिति: १५ चैत्र २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्