घाइते सह-चालकलाई कालीगण्डकी नदीमा फाल्ने चालक पक्राउ




स्याङ्जा, चैत्र १७
स्याङ्जामा सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी नम्बर लु.अ.अ.फ १०१२ नम्बरको ट्याक्टर चालक अमित परियार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको टोलीले रूपन्देही वेलहिया नाकाबाट यही चैत १३ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

श्रीमती र छोरी सहित भारततर्फ भाग्न लागेको अवस्थामा प्रहरीले रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।

चालकको दायाँ–बायाँ बसेका मध्ये बायाँपट्टी बसेका सह–चालक गाहा ट्याक्टरबाट खसी घाइते भएकोमा चालक परियार र सहचालक रानाले सोही ट्याक्टरमा राखी कागीण्डकी साँखरघाटमा लगि नदीमा बगाएको प्रहरीले जनाएको छ ।

यसअघि गत चैत्र ८ गते अर्को सहचालक सुनिल राना पक्राउ परेका थिए । प्रहरीले घटनास्थलबाट मृतकको १ जोर चप्पल र रगत लागेको ढुंगा बरामद गरेको थियो ।

चैत्र ५ गते ट्याक्टर चालक गल्याङ ८ बंग्रान्तीका २७ वर्षीय चालक अमित परियार, सहचालक २१ वर्षीय सुनिल राना र १९ वर्षीय गणेश गाहाले साँखरबाट बालुवा लिएर राति फर्कने क्रममा गाहा ट्याक्टरबाट खसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News