पानी परेपछि राहत, आज यी स्थानमा पर्नेछ पानी




काठमाडौं, चैत्र १९
काठमाडौं उपत्यकामा हल्का पानी परेपछि केही दिनदेखि आकाशमा जम्मा भएको वायु प्रदूषण कम हुने अनुमान गरिएको छ । बुधबार नै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा पनि पानी परेको थियो । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

देशको प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ।

त्यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News